विद्यालय पुनः सञ्चालन सम्बन्धी सूचना।

2026-09-27

विद्यालय पुनः सञ्चालन सम्बन्धी सूचना।

आदरणीय अभिभावक तथा विद्यार्थी वर्ग,

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी बन्द गरिएको यस विद्यालयको पठनपाठन, वर्षा रोकिएसँगै वातावरण सहज हुँदै गएकाले भोलि मिति २०८३/०६/१२ गते देखि नियमित रूपमा पुनः सञ्चालन हुने जानकारी गराइन्छ।

सम्बन्धित सबै विद्यार्थीहरूलाई तोकिएको समयमा नियमित पोसाकमा विद्यालय उपस्थित हुन सूचित गरिन्छ। साथै, यात्रा गर्दा बाटोको अवस्था हेरी आवश्यक सुरक्षा अपनाउनुहुन र मौसमलाई दृष्टिगत गरी विद्यार्थीहरूलाई छाता वा रेनकोट (प्लास्टिकको ओढ्ने) सहित विद्यालय पठाइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ।

सहयोगका लागि धन्यवाद।