2026-10-09
दसैँ, तिहार तथा छठ पर्वको बिदा सम्बन्धी सुचना
आदरणीय अभिभावक, शिक्षक तथा विद्यार्थी वर्ग,
यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू, शिक्षक-कर्मचारी तथा अभिभावक ज्यूहरूमा बडादसैँ, तिहार तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालीहरूको महान् चाडपर्वहरू दसैँ, तिहार तथा छठ पर्वको अवसरमा वि.सं. २०८३ असोज २६ गते सोमबारदेखि २०८३ कार्तिक २९ गते आइतबारसम्म विद्यालयमा पठनपाठन पूर्ण रूपमा बन्द रहनेछ!
बिदा पश्चात् वि.सं. २०८३ कार्तिक ३० गते सोमबार देखि विद्यालयको नियमित पठनपाठन सुचारु हुने व्यहोरा जानकारी गराइन्छ।