विद्यालय पुनः सञ्चालन सम्बन्धी महत्वपूर्ण सूचना

2026-07-21

विद्यालय पुनः सञ्चालन सम्बन्धी महत्वपूर्ण सूचना

आदरणीय अभिभावकज्यूहरू, सम्पूर्ण शिक्षक-शिक्षिकाज्यूहरू तथा प्रिय विद्यार्थी भाइबहिनीहरूमा नमस्कार! 🙏
केही दिनदेखि प्रतिकूल मौसमका कारण प्रभावित भएको विद्यालयको नियमित पठनपाठन भोलि सोमबार, असोज १२ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।
📅 पुनः सञ्चालन मिति: सोमबार, असोज १२ गते
⏰ समय: विद्यालयको नियमित समयअनुसार
सम्पूर्ण शिक्षक-शिक्षिकाज्यूहरू तथा विद्यार्थीहरूलाई निर्धारित समयमा विद्यालय उपस्थित भई नियमित पठनपाठनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
साथै, पछिल्लो मौसम तथा सडकको अवस्थालाई ध्यानमा राख्दै विद्यालय आउँदा-जाँदा सुरक्षालाई पहिलो प्राथमिकता दिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध गर्दछौँ। 🙏